ताप्लेजुङ, २२ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दको प्रभाव अरुण पूर्वको नौ जिल्लामा बिहानै देखि परेको छ ।
बन्दको कारण बिहानैदेखि मोटरसाइकल, प्रेसका गाडी, कुटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।
साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यबद्धता जनाएको छ ।
साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषद्ले कालो दिनको रुपमा मनाउँदै आएको छ ।
परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।
बन्दमा प्रेस कूटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बहान तथा मोटरसाइकलहरुलाई छुट दिने परिषद्ले जनाएको छ ।
२२ श्रावण २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया