१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आयोनको प्रदेश संयोजकमा अधिकारी चयन



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल युवा संस्था संजाल (आयोन)को प्रदेश नं ५ को तदर्थ समितिको संयोजकमा सामाजिक परिवर्तनका लागि युवा अभियान, कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी चयन हुनु भएको छ ।
आज कपिलवस्तु जिल्लाको जितपुरमा बसेको प्रदेश स्तरिय सस्थाहरुको भेलाले सो निर्णय गरेको हो जसको सदस्यमा आइ.जि.डि.एस् का गुल्मीबाट रेशम महत, बाँके युवा संजाल बाट सपना अधिकारी, सि.डि.एफ् दाङ बाट मदन अधिकारी र पाल्पाबाट बिमल गैरे चयन हुनु भएको छ । सो भेलामा नेपाल युवा संस्था संजालका पुर्व अध्यक्ष देवराज भारद्धाजले आयोनको प्रदेश कमिटकिो अवधारण, भावी रणनिति र कार्यदिशा नेपाल युवा संस्था संजाल प्रदेश इकाई कार्यसंचालन निर्देशिका २०७४ को मस्यौदा बारे सहजीकरण गर्नु भएको थियो त्यसैगरी आयोनका अध्यक्ष हिमाल महतले प्रदेश कमिटीको काम कर्तव्य र अधिकार र आगामी गतिबिधिका बारेमा जानकारी दिन भएको थियो ।
प्रदेश संयोजकमा चयन भै सकेपछि प्रदेश संयोजक थानेश्वर अधिकारीले अब प्रदेश नं ५ कमिटी र केन्द्रिय कमिटीहरुको आपसी समन्वयमा प्रत्यक्ष युवाहरुले अनुभती गर्ने गरी काम गर्न आफु लागी पर्ने प्रतिबद्धतता जाहेर गर्नुभएका छ । साथै प्रदेश नं ५ भित्र रहेका सम्पुर्ण संस्थाहरुसँग सहकार्य गरी काम गर्न सके आयोनले लिएको लक्ष्य हासिल गर्न सकिने बताउनु भएको छ ।
साथै सो भेलाले अगामी १ महिना भित्र नेपाल युवा संस्था संजाल प्रदेश इकाई कार्यसंचालन निर्देशिका २०७४ को मस्यौदा माथी छलफल गरी सुभावका रुपमा केन्द्रमा पठाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५ बुधबार ००:००  ४ : ३० बजे